विश्वकपमा छनोट हुनु नै टिमको एक मात्र लक्ष्य : रोहित पाैडेल
‘विपक्षी टिमलाई कमजोर आँक्दैनौँ’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी–२० विश्वकपमा छनोट हुनु नै आफूहरूको एक मात्र लक्ष्य रहेको बताएका छन् ।  

आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले पहिलाको कुरालाई बिर्सिएर सम्पूर्ण ध्यान विश्वकप छनोटमा केन्द्रित गरेको बताएका हुन् । रोहितले क्वालिफायर घरेलु मैदानमा भएको र आफूहरूले ठूलो अवसरको रूपमा लिएको पनि बताए ।  

उनले कुनै पनि टिमलाई सहजरूपमा नलिएको र छनोट हुने आफूहरूको लक्ष्य रहेको बताए । सबै खेलाडीले आफूहरूको अनुभव प्रदर्शन गरेर विश्वकपमा छनोट हुनुपर्ने रोहितको भनाइ छ । त्यस्तै, मुख्य प्रशिक्षक मोन्टी देसाईले कुनै पनि टिमले विपक्षी टिमलाई कमजोर आँक्न नहुने बताए ।

उनले नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत जनाए । देसाईले एकपटकमा एउटा खेलको रणनीतिका साथ अघि बढ्ने बताए । उनले आफ्ना लागि सबै खेल महत्वपूर्ण रहेको बताए ।  



कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट भोलिदेखि १९ कात्तिकसम्म आयोजना हुँदैछ । नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया तथा समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत रहेका छन् ।  

छनोटको पहिलो खेलमा नेपालले सोमबार सिंगापुरको सामना गर्नेछ । नेपाल र सिंगापुरबीचको खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । 



  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार १३:३३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया