जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

दिउँसो साढे २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल हुने  केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

उनका अनुसार विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो ।

साथै आजको बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धी तीन महिने अभियानबारे समेत समीक्षा हुने बस्नेतले जानकारी दिए । 
 





  • प्रकाशित मिति : कात्तिक १३, २०८० साेमबार ७:५३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया