logo-img

सिंगापुरलाई छैटौँ झड्का, करणलाई दोस्रो सफलता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आइसिसी टी–२० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरविरुद्ध नेपाललाई छैटौँ सफलता मिलेको छ । नेपाललाई छैटौँ सफलता तीव्र गतिका बलर करण केसीले दिलाए । उनले १६.३ ओभरमा मनप्रीत सिंहलाई २४ बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराए ।

सिंगापुरको पाँचौं विकेट स्पिनर सन्दीप लामिछानेले लिए । उनले १०.२ ओभरमा जनक प्रकाशलाई ७ रनमा एल्बीडब्लू धरापमा पारे । 

सिंगापुरको तेस्रो र चौथो विकेट  युवा अलराउन्डर गुलशन झाले लिए । उनले ७.१ ओभरमा आक्रामक ब्याटर रोहन रंगराजन र ७.५ ओभरमा अमर्त्य कौललाई आउट गरेका हुन् । रंगराजनलाई आउट गर्नेक्रममा सन्दीप जोराले उत्कृष्ट क्याच पक्रिए ।



रोहनले ३० बलमा ९ चौका र एक छक्काको मद्दतमा ४६ रनको आक्रामक पारी खेले । अमर्त्य भने शून्यमै आउट भए । सिंगापुरको दोस्रो विकेट स्पिनर सन्दीप लामिछाने लिए । उनले ६.५ ओभरमा सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरे ।

नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिलाए । उनले दोस्रो बलमै सिंगापुरका कप्तान अरित्रा दत्तलाई शून्यमै बोल्ड गरेका थिए ।  टस जितेर ब्याटिङ रोजेको सिंगापुरले यो समाचार तयार पार्दासम्म ​१७ ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको छ । 

नेपाल र सिंगापुरबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो । नेपाल सिंगापुरविरुद्ध सहज जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गर्ने सोचमा छ ।  सिंगापुर घरेलु टोली नेपाललाई स्तब्ध पार्ने दाउमा छ । 



टी–२० क्रिकेटमा विगत प्रदर्शन हेर्दा दुवै टिमले एक/एक खेल जितेका छन् । नेपाल र सिंगापुरबीचको दुई खेल भने वर्षाले प्रभावित भएको छ । 

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहरा ।  



  • प्रकाशित मिति : कात्तिक १३, २०८० साेमबार १०:३४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया