मुगु हत्या प्रकरण : शंकास्पद एकजना प्रहरीको नियन्त्रणमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मुगुको छाँयानाथ रारा नगरपालिका–६ स्थित मुन्दुगाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले शंकास्पद एक जनालाई नियन्त्रण लिएको छ । 

उक्त घटनामा आइतबार प्रहरीले शंकास्पद एक जनालाई नियत्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । 
कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी टोली अहिले घटनास्थलवरपरको अनुसन्धान मिहिन रुपमा गरिरहेको भन्दै थापाले प्रहरी हत्याराको नजिक पुगेको बताएका छन् । 

थापाले भने, ‘शंकास्पद र अनुसन्धानले नजिक पुर्याएको एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ, यकिन र विस्तृत विवरण संकलनपछि घटनाबारे थप कुरा सार्वजनिक गछौँ ।’
उनका अनुसार प्रहरीले हत्या प्रकरणमा महत्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि सबै कोणबाट अनुसन्धान जारी राखेको छ ।

हत्यारा पत्ता लगाउन नेपाल प्रहरीको विशेष अनुसन्धान टोली परिचालित छ। यसैबीच कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकाल समेत आइतबार मुगु पुगेका छन् । अनुसन्धानमा भएका प्रगति बुझ्न र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुगेका हुन् । 

गत शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाको छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै हत्या गरिएको अवस्थामा फेला परेको थियो । हत्या गरिएका चारैजना बोहोरा परिवारको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ ।





  • प्रकाशित मिति : कात्तिक १३, २०८० साेमबार ११:११:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया