logo-img

बारामा शिक्षक हत्या : सुन तस्करी कनेक्सन, तीनजना पक्राउ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्या भएको छ । उनको हत्या आशंकामा बारा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । 

दुईवटा मोटरसाइकलमा आएको अज्ञात समूहले उनीमाथि सोमबार दिउँसो गोली प्रहार गरेको थियो । उपचारका क्रममा उनको वीरगन्जस्थित बयोधा अस्पतालमा निधन भएको थियो ।

सो हत्याको ६० किलो सुन तस्करी प्रकरणसँग कनेक्सन रहेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । मृतक सर्राफको कलैया बजारमा दुईवटा सुन पसल पनि थियो । उनका आफन्तहरुको दुई–तीनवटा सुन पसल छन् । 



६० किलो सुन तस्करीमा पक्राउ परेका शिव सर्राफ उनका आफन्त हुन् भने । उनका दाजु भोला सर्राफले पनि सुन चलाउँदै आएका थिए । उनको हत्यालाई ६० किलो सुन तस्करीसँग जोडेर अनसन्धान सुरु गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । 

सो प्रकरणमा प्रहरीले हालसम्म तीन्जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एकजनालाई जिल्ला प्रहरी कार्यालय ल्याइसकिएको र अन्य दुईजनालाई पक्राउ गरेर ल्याउने क्रममा रहेको प्रहरीको भनाइ छ । 

पक्राउ परेकाको नाम भने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन । रुपेशको हत्यामा भारतीय सार्प सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानमा देखिएके छ । 



उनीमथि ५ राउण्ड गोली प्रहार भएको थियो । गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि उनलाई फेरि बयोधा अस्पताल पुर्याइएको थियो ।

काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए ।  



  • प्रकाशित मिति : कात्तिक १३, २०८० साेमबार २१:३१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया