logo-img

नेपालले पायाे १६६ रनको विजयी लक्ष्य

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाले घरेलु टोली नेपाललाई १६६ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ६५ रन जोडेको हो ।

मलेसियाका लागि प्रारम्भिक ब्याट्सम्यान सेयद अजिज सर्वाधिक ६८ रन बनाए । अर्का ओपनर जुबाइदी जुल्कीफिलले २४ रन बनाए । 



नेपालका अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, करन केसी र रोहित पौडेलले समान एक–एक विकेट लिए ।

सन्दीपले चार ओभरमा २२ रन दिए भने अविनाशले ४ ओभरमा २७ रन खर्चिए ।





  • प्रकाशित मिति : कात्तिक १४, २०८० मंगलबार १५:१९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया