प्रेमिकाको योजनामा प्रिन्सिपल सर्राफको हत्या, १० जना पक्राउ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बाराको बालएकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्या उनकै प्रेमिका भनिएकी युवतीको योजनामा भएको खुलेको छ । सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी ती युवती सोही स्कुलकी पूर्वलेखापाल हुन् । 

आफूलाई विद्यालयबाट निकालिएपछि उनले अर्का प्रेमीसँग मिलेर हत्याको योजना बनाएको बताइएको छ । प्रहरीले ती युवतीसहित हत्यामा संलग्न भएको अभियोगमा १० जनालाई हिरासतमा लिएको छ ।
 
जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँचजना भारतीय र पाँचजना नेपाली पक्राउ परेका छन् । सर्राफको सोमबार दिउँसो गोली हानी हत्या गरिएको थियो। मोटरसाइकलमा आएका दुईजनाले उनलाई गोली प्रहार गरेका थिए। 

गोली लागेर गम्भीर घाइते भएका सर्राफलाई उपचारका लागि वीरगन्जको बयोधा अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो। 

यसरी भएको थियो घटना 

कलैया ठेगाना भएकी पूर्वकर्मचारी र सर्राफको विवाहेतर सम्बन्ध रहेको थियो । त्यसअघि ती युवतीको आफ्नै मामाका छोरा मनोज गुप्तासँग प्रेम सम्बन्ध रहेको थियो ।

केही समयपछि उनी सर्राफकै विद्यालयमा लेखापालका रूपमा कार्यरत भइन् । सर्राफसँग निकटता बढेसँगै उनले मनोजसँग दूरी बढाइन् । प्रेमिका टाढा हुन थालेपछि मनोज आक्रोशित थिए । 



मनोज पटक–पटक विद्यालय गएर शिक्षिकालाई गाली गलौज गर्न थाले । विद्यालयका प्रिन्सिपल रुपेश सर्राफ रहेका सर्राफले मनोजलाई आफ्नो विद्यालयमा नआउन दबाब दिन्थे । तर, मनोजले कसैको सुनेनन् । उनको रिस र जलन शान्त भएन उल्टै बढ्दै गयो ।

उनले पूर्वप्रेमिकालाई विद्यालय परिसरभित्र कुटपिट गर्नुका साथै सर्राफलाई प्रेमिका खोसेको भन्दै ज्यान मार्ने धम्की दिए । उक्त घटनापछि सर्राफले ती शिक्षिकालाई जागिरबाट निकालिदिए । अब सर्राफको दुस्मन मनोज मात्र नभएर ती शिक्षिका पनि भइन् ।



प्रहरीका अनुसार मनोजले दुईपटकसम्म सर्राफको हत्या प्रयास गरिरहे । पहिलोपटक साउन १३ गते र अर्कोपटक भदौ २८ गते सर्राफलाई कलैयामा गोली प्रहार गर्ने कोसिस गरिएको थियो । 

तर, भाग्यवश सर्राफ भागेर बाँचे । तर, यस विषयमा सर्राफले प्रहरीमा कुनै उजुरी नदिएको प्रहरीको भनाइ छ  । घरमा श्रीमती र बालबच्चा हुँदाहुँदै पनि अनैतिक सम्बन्धमा रहेको खुल्ने डरले उनले यस विषयलाई गुपचुप नै राखे । 

तर, कात्तिक १३ गते, सोमबार दिउँसो खाजा लिएर फर्कने समयमा भारतीय सुटरले गोली हानेर उनको हत्या गरे ।

  • प्रकाशित मिति : कात्तिक १४, २०८० मंगलबार २२:३७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया