गाजा युद्धमा थप ९ इजरायली सैनिक मारिए

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मंगलबार गाजामा युद्धका क्रममा ९ इजरायली सैनिक मारिएको सेनाले बताएको छ । योसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजरायली सैनिकको कूल सङ्ख्या ३ सय २६ पुगेको छ । 

सेनाका अनुसार मङ्गलबार प्यालेस्टिनी क्षेत्रमा भएको लडाइँमा दुई सैनिक गम्भीर घाइते भएका छन् । प्यालेस्टिनी आतङ्कवादी सङ्गठन हमासद्वारा इजराइलको इतिहासमा सबैभन्दा खराब हमलापछि हमासविरुद्ध इजरायली सेना युद्धमा होमिएको छ । 

यसैबीच गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा भएको इजराइली हमलामा मङ्गलबार कम्तीमा ४७ मानिस मारिएका छन् । इजराइलले मारिनेमा ७ अक्टोबरको हमलामा संलग्न हमास कमान्डर पनि रहेको बताएको छ । 

राति हुनुभन्दा पहिला बाक्लो जनसङ्ख्या भएको जबालिया शिविरमा ठूलो विस्फोट हुँदा वरपरका भवनका बाहिरी भाग क्षतिग्रस्त भएको थियो भने फोहोरले भरिएको एउटा गहिरो खाडल बनेको थियो ।  

सयौं दर्शक र स्वयंसेवकहरू कङ्क्रिट ब्लकहरूमा पञ्जा लगाएर जीवितहरूलाई खोजिरहेका थिए । एएफपीले कम्तीमा ४७ शव फेला परेको बताएको छ । स्थानीय बासिन्दा ४१ वर्षीय राघेब अकलले विस्फोटको तुलना भूकम्पसँगै तुलना गर्दै भग्नावशेषमा दबिएका घर र शरीरमा चोट लागेका ठूलो सङ्ख्यामा घाइते र शवहरू देखेको बताए । 

आफ्नो युद्धक विमानहरूले साइटमा एउटा ‘विशाल’ सुरुङ परिसरमा हमला गरेको इजराइलले बताएको छ । इजराइली सेनाका अनुसार उक्त सुरुङ परिसरमा स्थानीय बटालियन कमान्डर इब्राहिम बियारीसहित थुप्रै आतङ्कवादी मारिएका थिए ।



सेनाका प्रवक्ता जोनाथल कन्रिकसले बियारीलाई गत महिना इजराइलमा हमासको हमलाको ‘योजना र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने’ बताउनुभयो । हमासको उक्त हमलामा अधिकांश सर्वसाधारणसहित १ हजार ४ सयको ज्यान गएको थियो ।

इजराइलका नेताहरूले मुलुकको इतिहासमा सबैभन्दा खराब हमलाको बदला लिनका लागि हमासलाई ‘निमिट्यान्न’ पार्ने वाचा गरेका छन् । 



  • प्रकाशित मिति : कात्तिक १५, २०८० बुधबार १२:३५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया