logo-img

न्युजिल्यान्डलाई दक्षिण अफ्रिकाले दियाे तीन सय ५८ रनकाे विशाल लक्ष्य

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ३ सय ५८ रनकाे विशाल लक्ष्य दिएकाे छ ।

पुनेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ५७ रन बनायाे । दक्षिण अफ्रिकाका क्विन्टन डी कक र रसी भान डेर डुसेनले शतक बनाए ।

डी कक १ सय १४ र डुसेन १ सय ३३ रन बनाएर आउट भए । यस्तै डेभिड मिलरले ५३ रन जाेडे । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले २ विकेट लिए ।



दक्षिण अफ्रिका ६ खेलमा १० अंकसहित तालिकाकाे दाेस्राे स्थानमा छ । न्युजिल्यान्ड उति नै खेलमा ८ अंकसहित तेस्राे स्थानमा छ ।





  • प्रकाशित मिति : कात्तिक १५, २०८० बुधबार १८:४०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया