समानुपातिक निर्वाचन प्रणाली महिला भर्तीकेन्द्र बनाइयो : सांसद अधिकारी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले समानुपातिक निर्वाचन प्रणाली महिलाहरू मात्रै निर्वाचित हुनेगरी बनाइएको बताएका छन् । 

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समानुपातिक निर्वाचन प्रणाली महिलाहरू मात्रै भर्ना हुने किसिमले बनाइएको बताएका हुन् । वर्तमान प्रणालीले गर्दा जुनसुकै समूहबाट पनि महिला मात्रै जानुपर्ने अवस्था रहेको उनले बताए । 

महिलाहरु प्रत्यक्षमा प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने मान्यता बनाइएको भन्दै उनले यसरी कानुनी रूपमा नै विभेद भइरहको बताए । ‘प्रत्यक्षमा पनि त्यसैगरी आरक्षित गरिदिने हो भने महिला, दलित, पिछडिएको क्षेत्रलाई प्रत्यक्षमा पनि गर्यौँ भने त्यो समान अवसर आउँछ । हामीले विभेदपूर्ण ढंगले गरिरहेका छौँ ।’

महिला, दलित, पिछडिएको क्षेत्रलगायतलाई प्रत्यक्ष निर्वाचन प्रणालीभित्रै आरक्षण दिनुपर्ने बताउँदै उनले स्वच्छ निर्वाचन गर्नका लागि निर्वाचन आयोगलाई कानुनी रुपमा अझै अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । 





  • प्रकाशित मिति : कात्तिक १५, २०८० बुधबार २०:४७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया