logo-img

ओमानविरुद्ध नेपाललाई दोस्रो सफलता, सोमपालले लिए महत्वपूर्ण विकेट
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपाललाई दोस्रो सफलता तीव्र गतिका बलर सोमपाल कामीले दिलाए । उनले ३.१ ओभरमा ओमानका स्टार ब्याटर अकिब इलियासलाई ८ रनमा बोल्ड गरे । 

नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा तीव्र गतिका बलर करण केसीले ओपनर कश्यप प्रजापतिलाई ८ रनमै आउट गरेका थिए । उनले प्रजापतिलाई पहिलो ओभरको पाँचौं बलमा आउट गरेका हुन् ।



नेपालले आज टस जितेर पहिला बलिङ गरिरहेको हो । नेपाल र ओमानबीचको खेल ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो । नेपालले आज पनि प्लेइङ–११ मा परिवर्तन गरेको छैन । नेपालले ओमानविरुद्ध पनि अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिएको हो । 

नेपाल समूह विजेताको रूपमा सेमिफाइनल पुग्न चाहन्छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ तथा मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल ओमानलाई पनि हराउँदै अपराजित रहन चाहन्छ ।



ओमान पनि समूह चरणको सबै खेल जित्दै सेमिफाइनलमा पुग्ने योजनामा छ । उसले पहिलो खेलमा मलेसियालाई ३२ तथा दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । बिहीबारको खेलपछि सेमिफाइनल समीकरण पनि पूरा हुनेछ ।

अहिलेसम्म समूह ‘ए’ बाट नेपाल र ओमान तथा समूह ‘बी’ बाट यूएई सेमिफाइनल पुगेका छन् । समूह ‘बी’ बाट अब हङकङ र बहराइनमध्ये एक टिम सेमिफाइल पुग्नेछ । 



  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार ९:३३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया