logo-img

ओमानविरुद्ध नेपालको कमजोर सुरुवात, सस्तैमा गुमायो पहिलो विकेट
फाइल तस्बिर

आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले पहिलो विकेट सस्तैमा गुमाएको छ । नेपालले पहिलो विकेटको रूपमा विकेटकिपर आसिफ शेखलाई गुमाएको हो । 

उनी दोस्रो ओभरको पहिलो बलमा ५ रनमा बिलाल खानबाट कट एन्ड बोल्ड भए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनायो ।

उसका लागि कप्तान जीशान मक्सूदले ३२, नसीम खुसीले २५, प्रतीक आठवालेले २४, अयान खानले १८ र शाकील अहमदले अविजित २२ रन बनाए । नेपालका लागि करण केसीले तीन, सोमपाल कामी, सन्दीप लामिछानेले दुई/दुई, गुलशन झा र अविनाश बोहराले एक/एक विकेट लिए । 
 







  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार ११:८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया