logo-img

बालकोटको कौसीमा हात हल्लाउँदा ठिक, बुढानिलकण्ठमा पुग्दा धुनधान विरोध यस्तो नि हुन्छ ? : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तामा पुग्दा राम्रो देख्ने सत्ताबाहिर बस्दा सात्तोपुत्लो जाने प्रवृत्तिप्रति तिखो व्यंग्य गरेका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले अहिलेका शीर्ष दलहरूकै कारण प्राप्त उपलब्धिप्रति खतरा पैदा हुने चिन्ता व्यक्त गरे । 

‘गणतन्त्र र लोकतन्त्रप्रति कोहीबाट खतरा छ भने हामीबाटै छ,’ उनले भने, ‘सत्तामा भएकाहरूले सबै राम्रो देख्ने । प्रतिपक्षमा पुग्नेबित्तिकै त्यसको सातोपुत्लो उड्छ । ल भन्नुस् त्यस्तो पनि हुन्छ ?’



‘प्रचण्डजी बालकोट जानेबित्तिक्कै त्यत्रो विवाद हुँदाखेरि दुईजनाचाहिँ कौसीमा बसेर हात हल्लाको हैन । फेरि, उहाँ फर्केर यताचाहिँ बुढा निलकण्ठतिर आएपछि, धुनधान विरोध त्यस्तो पनि हुन्छ ?’
त्यस्तै, उनले नेपालमा संघीयता जरुरी नरहेको दोहोर्याएका उनले भने, ‘अब सल्लाह गरौँ । संघीय प्रणालीप्रति मेरो विरोध होइन । नेपालमा हुन्न भन्या हो नि । २२ करोड जनसंख्या भएको ठाउँमा एउटै मन्त्रिमण्डल । २ करोड ९० लाख जनसंख्या भएको ठाउँमा चाहिँ तपाईंको १ सय ३८ जना मन्त्री अनि सक्नुहुन्छ तपाईंहरू पैसाले ? 

उनले राजनीतिलाई पैसा कमाउने भाँडो बनाएको भन्दै चर्को असन्तुष्टि पोखे । ‘जो भान्से छ उसैले चप्काउँछ बजेट हेर्नुस् । राजनीति गर्ने भनेको पैसा कमाउन हो ? आफ्नालाई बनाउन हो ? आफू बन्न हो ?’





  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार १७:४९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया