logo-img

श्रीलंकालाई ३ सय २ रनको फराकिलो अन्तरले हराउँदै भारत सेमिफाइनलमा

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले श्रीलंकालाई पराजित गरेको छ । बिहीबार भएको खेलमा श्रीलंकालाई ३ सय २ रनको फराकिलो अन्तरले हराउँदै भारतले सेमिफाइनल यात्रा तय गरेको छ । 

भारतले दिएको ३ सय ५८ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका १९ ओभर ४ बलमा ५५ रनमै अलआउट भयो । श्रीलंकाका कसुन रजिथाले सर्वाधिक १४ रन बनाए । उसका ४ जना खेलाडी शून्य रनमै आउट भए । बलिङतर्फ भारतका मोहम्मद शमीले ५, र मोहम्मद सिराजले ३ विकेट लिए ।

यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५७ रन बनायो । भारतका शुभमन गिलले ९२, विराट कोहली ८८ र श्रेयस अय्यरले ८२ रन बनाए । बलिङतर्फ श्रीलंकाका दिलशन मदुशनाकाले ५ विकेट लिए ।



भारत १३ औँ संस्करणको प्रतियोगितामा सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । भारत ७ खेलमा सबै खेल जित्दै १४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।





  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार २१:३५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया