logo-img

मधेस प्रदेशसँग जोडिने नेपाल-भारत सीमा स्तम्भको पुनर्निर्माण र रंगरोगन गरिँदै [तस्बिरहरू]

नेपाल सशस्त्र प्रहरी बलले मधेसका जिल्लाहरूसँग जोडिएको भारतीय सीमानाकामा रहेका सीमा स्तम्भहरूको पुनर्निर्माण, मर्मत सम्भार तथा रंगरोगनको काम सुरु गरेको छ । चार हजारभन्दा बढी सीमा स्तम्भहरूको पुनःनिर्माण, मर्मत सम्भार र रंगरोगनको काम सुरु गरिएको हो । 

धनुषाको सीमावर्ती पालिका नगरपालिका नगराइन नगरपालिकाको वडा नम्बर–२ जटही नाकामा सीमा स्तम्भको मर्मत गरेर सीमा स्तम्भ मर्मत तथा रंगरोन कार्यको शुभारम्भ गरिएको हो ।  मधेस प्रदेशका आठ वटै जिल्लाको भारतीय सीमानाकामा रहेको चार हजारभन्दा बढी सीमास्तम्भहरुको पुनःनिर्माण थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनीका वाहिनी पति दीपेन्द्र शाहले जानकारी दिए । उनले पहिलो चरणमा एक हजार सीमा स्तम्भको मर्मत तथा रंगरोगन गरिने बताए ।



२०७७ साल श्रावण १९ गतेको बसेको मन्त्रिपरिषद् बैठकबाट नेपालले सीमामा रहेका बेजोर नम्बर भएको सीमा स्तम्भको पुनःनिर्माण, मर्मत सम्भार तथा रंगरोगनको काम नेपाल पक्षले गर्ने निर्णय गरेको थियो । त्यस्तै भारतीय पक्षले जोर नम्बर भएको सीमा स्तम्भको मर्मत तथा रंगरोगन गर्ने वाहिनी पति शाहले बताए ।

सीमा सुरक्षाका लागि सीमा स्तम्भको मर्मतसम्भारले सीमा स्तम्भको मात्र नभई दुई देशकै सुरक्षा, सद्भाव र प्राविधिक जटिलतालाई समाधान गर्ने भारतको एसएसबी ४८ औं बटालियन जयनगरका डेपुटी कमाण्डेण्ट सन्तोष निमोरियाले बताए । 



सीमावर्ती पालिकाका प्रमुखहरूले काम ठीक तरिकाबाट भइरहेको बताएका छन् । सीमा सम्बन्धमा कुनैपनि निर्णय गर्दा काठमाडौं र दिल्लीका प्रतिनिधि दुवै देशको राजधानीमै बसेर कुनै ठोस निर्णय गर्न नहुने सुझाव दिएका छन् । उनीहरूले सुरक्षाकर्मीको काम ठिकै भए पनि नीतिगत कुराहरूमा सीमावर्ती जनताको सुझावको स्वामित्व समेत हुनुपर्ने बताएका छन् । 



 

  • प्रकाशित मिति : कात्तिक १७, २०८० शुक्रबार १०:२४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया