logo-img

मुगु हत्या प्रकरण : आमासहित तीन बालबालिकाको सामूहिक दाहसंस्कार

मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नास हुने गरी भएको सामूहिक वीभत्स हत्या गरिएका चारै जनाको शुक्रबार दाहसंस्कार गरिएको छ । घटना भएको ८ दिन र लासको पोस्टमार्टम भएको ४  दिनपछि हत्या गरिएका आमा र तीन छोराछोरीको दाहसंस्कार गरिएको हो ।    

घटना कसरी घट्यो  के कारण घट्यो र हत्यारा को हो भनेर प्रहरीले पत्ता नलाएको भन्दै मृतकका श्रीमान् दीपक बोहरा र आफन्तले लास बुझ्न मानेका थिएनन् । घटना गत ८ गते भए पनि प्रहरीले त्यसको दुई दिनपछि १० गते शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात् जानकारी पाएको थियो ।

जानकारीपश्चात् घटनास्थल पुगेको प्रहरीले २८ वर्षीय आमा श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहर बोहरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो ।



वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका दीपक शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा पुर्याइएको थियो ।

घटनामा जानकारी आएलगतै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ ।  





  • प्रकाशित मिति : कात्तिक १७, २०८० शुक्रबार १९:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया