logo-img

जाजरकोट र रुकुम पश्चिममा भूकम्प : मृतकको संख्या ८० पुग्यो, १४० भन्दा बढी घाइते

जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ८० पुगेको छ । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिम गरी मृतकको संख्या ८० पुगेको हो ।  

यस्तै भूकम्पमा परी १ सय ४० जनाभन्दा बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको छ ।

ज्यान गुमाउनेमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका एकजना रहेको डिएसपी रोकाले जानकारी दिए ।



भूकम्पमा परी जाजरकोटमा ५५ जना घाइते भएको बताइएको छ । घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ ।

त्यस्तै, छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिए । 

जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको मृत्यु भएको डिएसपी भट्टराईले बताए । 



रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । जसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ । 



  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार ७:२२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया