भूकम्पबाट जुम्लामा पाँचजना घाइते, केही घर भत्किए

गएरातिको भूकम्पबाट जुम्लामा पनि सामान्य प्रभाव परेको छ । जुम्लाको तातोपानी गाउँपालिका–३ बाहुनवाडाकी २६ वर्षीया सिर्जना गौतमको हातमा सामान्य चोट र उनका छोरा ११ महिनाका आयुष गौतमको आँखामा चोट लागेको छ ।

तातोपानीकै १४ वर्षीय निराजन उपाध्यायको पनि हातमा चोट लागेको छ । यता तिलागाउँपालिका–३ दानीवाडाकी ११ वर्षीया सपना थापालाई पनि सामान्य चोट लागेको जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए ।  

उनका अनुसार त्यहाँका केही घर पनि भत्किएका र केही चर्किएका छन् ।    
 





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार १४:२९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया