logo-img

राष्ट्रपतिलाई पत्र पठाएर पुटिनले दिए समवेदना

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति रामचन्द्र पौडेललाई एक पत्र पठाएर विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

शनिबार एक पत्र पठाउँदै उनले प्राकृतिक विपत्तिको यस दुखद घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार १९:५५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया