logo-img

भूकम्पपीडितका लागि राहत कार्यक्रम ल्याउन कांग्रेस नेता पौडेलको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार, राहत र सहयोगका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । गृहजिल्ला तनहुँ पुगेर उनले यस्तो माग गरेका हुन् । 

नेपाली कांग्रेस क्षेत्र नं २ समितिले आज दुलेगौडामा आयोजना गरेको श्रद्धाञ्जलिसभामा सांसद पौडेलले भूकम्पपीडितलाई अहिले सहयोगको खाँचो रहेको भन्दै सरकारका तर्फबाट विशेष कार्यक्रम घोषणा हुनुपर्ने बताए । 

संघीयता खर्चिलो भयो भनेर टीका–टिप्पणी भइरहेका बेला विपद्को यो घडीमा सबै प्रदेश सरकारले सहयोगको हात अगाडि बढाउनुपर्नेमा नेता पौडेलले जोड दिए । ‘स्थानीय तहले पनि पीडितले महसुस हुने गरी सहयोग गर्नुपर्छ,’ सांसद पौडेलले भने । 



भूकम्पपीडितको उद्धार र राहतका लागि नेपाली कांग्रेसका तर्फबाट ५० लाख सहयोग गर्ने घोषणा भइसकेको भन्दै उनले थप सहयोग जुटाउन आफूहरू लाग्ने बताए । 

‘एक नेपालीलाई चोट लाग्दा अर्को नेपालीलाई दुख्छ,’ उनले भने, ‘हामी सबैले सहयोग जुटाएर पीडामा मल्हम लगाउने कोसिस गरौँ ।’





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार २२:३३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया