logo-img

ओमानविरुद्ध नेपालको पहिलो विकेट पतन, आसिफ ६ रनमा आउट
फाइल तस्बिर

आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेका रूपमा विकेटकिपर आसिफ शेखलाई गुमाएको हो ।

उनी २.४ ओभरमा व्यक्तिगत ६ रनमा आउट भए । आसिफलाई बिलाल खानले क्याच आउट गराएका हुन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको हो ।  

नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले आज दीपेन्द्र सिंह ऐरीलाई विश्राम दिएर सन्दीप जोरालाई मौका दिएको हो । 



विश्वकपमा पुगेपछि नेपाल र ओमान छनोट प्रतियोगिताको उपाधिका लागि खेल्न लागेका हुन् । एसिया क्षेत्रबाट यसपटक नेपालले यूएईलाई ८ तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै २०२४ को जुनमा हुने टी–२० विश्वकपमा स्थान बनाए ।  

अब यी दुई टिम छनोट प्रतियोगिताको फाइनल पनि जित्दै सुखद अन्त्य गर्न चाहन्छन् । नेपाल समूह चरणमा तीनमध्ये दुईमा जित र एक खेलमा पराजय बेहोर्न पुग्यो । नेपालले ग्रुप स्टेजमा सिंगापुरलाई ८ तथा मलेसियालाई ६ विकेटले हराएको थियो ।

नेपाल समूह चरणको अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भयो । त्यसका बाबजुद नेपालले सेमिफाइनलमा यूएईविरुद्ध ८ विकेटको सानदार जित निकाल्दै दोस्रोपटक विश्वकपमा स्थान बनाउन सफल भयो । 



नेपाल छनोट प्रतियोगिताको फाइनलमा ओमानसँग समूह चरणको हारको बदला लिँदै ट्रफी घरमै राख्न चाहन्छ । ओमान भने अपराजित यात्रा कायमै राख्दै ट्रफी हात पार्ने दाउमा छ । उसले जारी प्रतियोगितामा चार खेल खेल्दा सबैमा जित निकालेको छ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हेड टु हेड हेर्दा ओमानमाथि नेपाल हाबी छ । हालसम्म नेपाल र ओमानले ५ टी–२० खेलमा एकअर्काको सामना गरेका छन् । जसमा नेपालले तीन र ओमानले दुई खेल जितेको छ ।



  • प्रकाशित मिति : कात्तिक १९, २०८० आइतबार ११:१७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया