logo-img

सांसद प्रदीप पौडेलको एक महिनाको तलब भूकम्प पीडितलाई
फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले जाजरकोट भूकम्पका पीडितलाई राहत र पुनः स्थापनका लागि सरकारको कोषमा आफ्ना तर्फबाट एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

सांसद पौडेलले आज विज्ञप्ति प्रकाशन गरी भूकम्पले पुर्‍याएको विपत्तिमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले संघीय सांसदका रूपमा प्राप्त एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गरे ।

उनले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । 



त्यसैगरी गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले पनि भूकम्प पीडितको सहयोगका लागि आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका छन् । हिजो बागलुङमा उनले भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका पीडितहरूको राहत तथा उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गर्ने उनले जानकारी दिएका हुन् । 

बागलुङ क्षेन नम्बर १ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सुवेदीले भूकम्पमा परेर घाइते भएकाहरूको यथोचित स्वास्थ्य उपचार र त्यसपछि राहतको व्यवस्था गर्न माग पनि गरे ।  





  • प्रकाशित मिति : कात्तिक १९, २०८० आइतबार १२:५१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया