logo-img

आठबिसकोटका भूकम्पपीडितले पाए राहत

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका भूकम्पपीडित परिवारले राहत सामग्री पाएका छन् । नगरपालिकाले आज भूकम्प प्रभावित क्षेत्रको विभिन्न ठाउँमा राहत सामग्री वितरण गरेको हो । 

मृत्यु भएका २०  घरपरिवार र अन्य पूर्ण रूपमा क्षति भएका ५० घरधुरीलाई नगरपालिकाले खाद्यान्न सामग्रीसँगै बस्नको लागि टेन्ट, त्रिपाल वितरण गरेको आठबिसकोट नगरपालिका  जिन्सी शाखा प्रमुख टेकबहादुर चन्दले जानकारी दिए । 

उनका अनुसार मृतक प्रत्येक घरपरिवारलाई दुई बोरा चामल, पाँच किलो दाल, पाँच लिटर तेल, चाउचाउ  बस्नको लागि टेन्ट उपलब्ध गराइएको हो । 



अन्य पूर्ण रुपमा घर क्षति भएका ५० घर परिवालाई दाल, चामल, नुन, तेल र त्रिपाल वितरण गरिएको आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहाले जानकारी दिए । 

नगरपालिकाको  प्रभावित क्षेत्रमा पुगेर आज ७० बोरा चामल, दुई क्विन्टल दाल, नुन, तेललगायत विभिन्न खाद्यान्न सामग्री वितरण गरेको जनाएको छ । नगरपालिकाको ९, १० र १२ नम्बर वडाका केही ठाउँमा पीडितलाई राहत वितरण गर्न  बाँकी रहेको छ । 

आज नगरपालिकाको ११ , १३ र  १४ नम्बर वडाका भूकम्पपीडितलाई राहत सामग्री वितरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले जानकारी दिए । बाँकी रहेको क्षेत्रमा भोलि राहत वितरण गरिने नगरपालिकाले जनाएको छ । 



नगरपालिकामा विभिन्न संघसंस्थाबाट खाद्यान्न तथा राहत सामग्री आउने क्रम जारी छ  । 

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर  शुक्रबार राति ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही भूकम्पमा परेर रुकुम पश्चिम र जाजरकोट जिल्लामा ठूलो मानवीय क्षतिसँगै भौतिक क्षति भएको  छ । 



रुकुम पश्चिममा भौतिक संरचनामा पुर्याएको क्षतिको विवरण भने अझै आइसकेको छैन । 

  • प्रकाशित मिति : कात्तिक १९, २०८० आइतबार २२:४६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया