logo-img

योजनामा तीनै तह समेटिनुपर्नेमा जोड

राष्ट्रिय योजना आयोगले तयार पार्ने योजनामा सरकारका तीनै तह समेटिनुपर्नेमा जोड दिइएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिगो विकासका लक्ष्य हासिल गर्न संविधानको मर्म भावनाअनुसार क्षेत्राधिकारसँग मेल खाने योजना तयार गर्नुपर्ने बताए । 

राष्ट्रिय योजना आयोगले आज बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजना गरेकोे सोह्रौँ योजना आर्थिक वर्ष २०८१–८२–२०८५–८६ तर्जुमा सम्बन्धी प्रारम्भिक मस्यौदा माथिको छलफलमा मुख्यमन्त्री जम्कट्टेलले परिवर्तित राज्य व्यवस्थाअनुसार नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न सुझाब दिए । 

प्रदेशअनुसारको योजना नीतिलाई नयाँ ढंगले विकास योजना तयार गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री जम्कट्टेलले सम्बन्धित प्रदेशको साधनस्रोतलाई उचित परिचालन हुनेगरी तयार गर्नुपर्ने बताए । आवश्यकता पहिचान नगरी योजना तर्जमा गर्दा सोचेजस्तो सफलता हासिल गर्न नसकिने भएकाले त्यसतर्फ उचित ध्यान जानुपर्नेमा उनको जोड थियो । 



राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकीले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने दिशामा संरचनात्मक रुपान्तरणका लागि प्रस्तावित विषयलाई समेटेर योजना तयार गरिने विश्वास व्यक्त गरे । 

बागमती प्रदेशका प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा.डा. नरविक्रम थापाले प्रदेशको समृद्धि एवं सन्तुलित र दिगो विकास कार्यलाई तीव्रता दिन अध्ययन र विश्लेषणका आधारमा प्रदेश सरकारको नीति तथा योजना तर्जुमा गर्ने बताए । मस्यौदामाथिको छलफल मंगलबारसम्म चल्नेछ ।





  • प्रकाशित मिति : कात्तिक २०, २०८० साेमबार २०:९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया