logo-img

कर्णाली सरकारको सबै संयन्त्र भूकम्प प्रभावित क्षेत्रमा

कर्णाली प्रदेश सरकारले आफ्ना सबै संयन्त्र भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गरेको छ । मुख्यमन्त्री राजकुमार शर्मा आफ्नो गृह जिल्ला रुकुममा छन् भने आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह पनि गृहजिल्ला जाजरकोटमा छन् । 

सामाजिक विकासमन्त्रीसहितका अन्य मन्त्रीहरू पनि भूकम्पप्रभावित क्षेत्रमा खटिएका छन् भने प्रदेशका कर्मचारी पनि जाजरकोट र रुकुम पश्चिम केन्द्रित भएका छन् । 

यसैबीच, प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आज जाजरकोटको अति प्रभावित नगरपालिका नलगाड र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पपीडितलाई राहत वितरण गरेको छ  । 



उद्धार क्षेत्रमा रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले अति प्रभावित नागरिकले न्यानो कपडा नपाएको गुनासो गरेको भन्दै सहयोगका लागि आग्रह गरे । 

भूकम्पपश्चात् पहिलोपटक प्रभावित क्षेत्रमा राहत वितरणको अनुगमनमा पुगेका मन्त्री बिसीले बढ्दो जाडो र बारम्बार आउने परकम्पको धक्काले नागरिकलाई थप त्रसित बनाएको बताए । 





  • प्रकाशित मिति : कात्तिक २०, २०८० साेमबार २२:४५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया