logo-img

बिरामीकाे मृत्युपछि पाटन अस्पतालका चिकित्सकमाथि हातपात, आकस्मिकबाहेक सेवा बन्द

ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा कार्यरत चिकित्सक आन्दोलित भएका छन् । 

अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण भएको भन्दै त्यसको विरोधमा उनीहरू आन्दोलित भएका हुन् । 

अस्पतालका चिकित्सक डा. विदुर तिवारीले हातपात गर्ने व्यक्ति पक्राउ नभएसम्म आकस्मिक सेवाबाहेक ओपिडी सेवा बन्द गर्ने निर्णय संघर्ष समितिले गरेको बताए । 

उनले अस्पतालमा कुनै गल्ती भए छानबिन गर्ने र कारबाही गर्ने निकाय भएको भन्दै हातपात गर्नु राम्रो नभएको बताए । 

उनले भने, ‘आकस्मिक सेवाबाहेक ओपिडी सेवा बन्द गरिएको छ । जबसम्म हातपात गर्ने व्यक्ति पक्राउ पर्दैनन् तबसम्म बन्द गर्ने निर्णय भएको छ । के भएर बिरामीको मृत्यु भयो, त्यसको छानबिन गर्नुपर्ने थियो, त्यसको लागि निकाय थियो । प्रयोग भएको औषधि कस्तो गुणस्तरको थियो, त्यो प्रशासनले हेर्ने हो । छानबिनतर्फ नगई डाक्टरमाथि नै हातपात गर्नु राम्रो होइन ।’

उनले यस्तो संवेदनशील क्षेत्रमा आएर कसैले पनि हातपात गर्न नहुने भन्दै यसका विरुद्धमा जाहेरी दर्ता गरेको पनि बताए । 



उनले भने, ‘अस्पतालमा दुईजनाको मृत्यु भएको थियो । त्यसपछि बिरामीका परिवार अक्रोशित भएर आक्रमण गर्ने काम भयो, मेरो विचारमा त्यस्तो भएपछि न्याय माग गर्नका लागि धेरै स्थान छन् । कसैले पनि हातपात गर्नु राम्रो होइन ।’

कात्तिक १८ गते साँझ ज्येष्ठ नागरिक वार्डमा बिरामीको मृत्यु भएको विषयलाई लिएर दुई चिकित्सकमाथि आक्रमण भएको थियो । दुईजना ज्येष्ठ नागरिकलाई स्वास्थ्यकर्मीले सुईमार्फत औषधि दिएपछि तत्काल बिरामीको मृत्यु भएको मृतकका आफन्तको आरोप छ ।
 



  • प्रकाशित मिति : कात्तिक २१, २०८० मंगलबार १५:४५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया