कांग्रेसका प्रदेशसभा सदस्यकोे १५ दिनको तलब भूकम्पपीडितलाई

नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको १५ दिनको तलब भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले उक्त निर्णय गरेको हो । सो रकम नेपाली कांग्रेस, केन्द्रीय राहत कोषमार्फत भूकम्पपीडित राहत कोषमा जम्मा हुने गरी पठाउने निर्णय गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । 

भूकम्पमा परी निधन भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै दलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कांग्रेसले भूकम्पप्रभावितलाई उचित राहत र व्यवस्थापनको लागि सरकारसँग अनुरोध गरेको छ । 





  • प्रकाशित मिति : कात्तिक २१, २०८० मंगलबार १७:५६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया