टी ट्वान्टी महिला सिरिजका लागि खेलाडी छनोट

नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने चार देश सम्मिलित महिला टी ट्वान्टी सिरिजका लागि आज २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको छ ।

यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म हङकङमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया छन् । 

छनोट हुने नेपाली टोलीमा रुविना क्षेत्री, पूजा महतो, सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, संगीता राई, ज्योति पाण्डे र रोमा थापा छन् । 

त्यसैगरी, ईश्वरी विष्ट, सम्झना खड्का, रुवि पोदार, सबनम राई, कविता जोशी, अश्मिना कर्माचार्य, खुसी डंगोल, कृतिका मरासिनी, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ र मनीषा चौधरी छन् ।





  • प्रकाशित मिति : कात्तिक २१, २०८० मंगलबार १८:५१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया