logo-img

विश्वकपमा इंग्ल्याण्डलाई स्तब्ध पार्ने दाउमा नेदरल्याण्ड्स

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र नेदरल्याण्ड्स खेल्दै छन् । यी दुई टोलीबीचको खेल दिउँसो २ः१५ देखि पुणेस्थित महाराष्ट्र क्रिकेट संघ स्टेडियममा सुरु हुनेछ ।  

पुछारमा रहेको इंग्ल्याण्ड आज जित निकाल्दै अंक तालिकामा माथि उठ्न चाहन्छ । उसले सात खेल खेल्दा ६ मा हार तथा एक खेलमा मात्र जित निकालेको छ ।

यसपटक पनि इंग्ल्याण्डलाई उपाधि दाबेदारका रूपमा हेरिएको थियो । तर, उसले निकै खराब प्रदर्शन गर्‍यो । इंग्ल्याण्डले लिग चरणको अन्तिम खेलमा शनिबार पाकिस्तानको सामना गर्नेछ । 



यस्तै, नेदरल्याण्ड्स अंक तालिकाको नवौँ स्थानमा छ । ऊ आज खराब लयमा रहेका इंग्ल्याण्डलाई स्तब्ध पार्न चाहन्छ । नेदरल्याण्ड्सले ७ खेल खेल्दा पाँचमा हार तथा दुई खेलमा जित निकालेको छ । उसले जारी विश्वकपमा दक्षिण अफ्रिका र श्रीलंकालाई हराइसकेको छ । हालसम्म नेदरल्याण्ड्सले इंग्ल्याण्डसँग जित निकाल्न सकेको छैन । 

यी दुई टिमले ६ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा सबै खेल इंग्ल्याण्डले जितेको छ । यी दुई टिमले अन्तिमपटक सन् २०२२ मा खेलेका थिए । जसमा नेदरल्याण्ड्सविरुद्ध इंग्ल्याण्ड ८ विकेटले विजयी भएको थियो । 





  • प्रकाशित मिति : कात्तिक २२, २०८० बुधबार १३:१०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया