logo-img

इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई दियाे ३४० रनकाे लक्ष्य

साबिक विजेता इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई जितका लागि तीन सय ४० रनको लक्ष्य दिएको छ । आइसिसी एक दिवसीय विश्वकपको बुधबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय ३९ रन बनाएको हो ।

भारतकाे पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको स्टेडियममा खेलिएको उक्त खेलमा इंग्ल्यान्डका लागि अनुभवी खेलाडी बेन स्टोक्सले सतकीय योगदान गरे । उनले टोलीका लागि अविजित एक सय आठ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका स्टोक्सले केवल ८४ बलको सामना गरी ६ छक्का र ६ चौका पनि हिर्काएका थिए । 

त्यसअघि ओपनर ब्याट्सम्यान डेविड मलानले पनि टोलीका लागि ८७ रनको योगदान गरेका थिए । उनले केवल ७४ बलमा दुई छक्का र १० चौका प्रहार गरेका थिए । इंग्ल्यान्डले ४८ रनको कुल स्कोरमै आफ्नो पहिलो विकेट गुमाएको थियो । 



ओपनर जोनी ब्रेस्टो १५ रन बनाउँदै पेभेलियन फर्किएका थिए । त्यसपछि स्टोक्स र मलानले टोलीको स्कोरलाई एक सय ३३ रनसम्म डोर्‍याएका थिए । मलान रनआउट भएपछि यो साझेदारी टुटेको थियो । इंग्ल्यान्डका लागि आठौँ नम्बरका ब्याट्सम्यान क्रिस वोक्सले पनि अर्धशतकीय पाली खेले । 

क्रिसले केवल ४५ बलको सामना गरी एक छक्का र पाँच चौकाको मद्दतले ५१ रन बनाएका थिए । जो रुटले टोलीको खातामा २८ रन थपेका थिए । ह्यारी ब्रुकले ११ रन बनाएका थिए । इंग्ल्यान्डले अतिरिक्त रूपमा पनि २९ रन पाएको थियो ।

नेदरल्यान्ड्सका बलर बास डी लिडले तीन विकेट लिए । उनले १० ओभरमा ७४ रन खर्चिएका थिए । आर्यन दत्त र लोगन भान बिकले पनि दुई—दुई विकेट हात पारे । पल भान मिकेरनले पनि एक विकेट लिएका थिए ।





  • प्रकाशित मिति : कात्तिक २२, २०८० बुधबार १८:३२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया