logo-img

श्रीलंकामा डेंगुका बिरामीको संख्या ७० हजार नाघ्यो, ४३ को मृत्यु

श्रीलंकामा डेंगुका बिरामीको संख्या ७० हजार नाघेको स्वास्थ्य मन्त्रालयको महामारी एकाइले आफ्नो वेबसाइटमा जानकारी दिएको छ ।

यो वर्षको सुरुदेखि नोभेम्बर ८ सम्ममा ७० हजार १७८ जनामा संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी कोलम्बो जिल्लामा १४ हजार ८८४ जनामा संक्रमण पुष्टि भएको छ । 

एकाइका अनुसार यस वर्ष हालसम्म डेंगुका कारण ४३ जनाको मृत्यु भएको छ । 
 
वर्षायामका कारण डेंगुका बिरामीको संख्या बढ्दै गएको बताउँदै स्वास्थ्य अधिकारीहरूले आफ्नो वरपरको वातावरण सफा राख्न र लामखुट्टेको प्रजनन स्थल नष्ट गर्न आग्रह गरेका छन् ।



श्रीलंकामा सन् २०२२ मा ७५ हजारभन्दा बढी डेंगुका बिरामी फेला परेको सरकारी तथ्यांकले देखाएको छ ।





  • प्रकाशित मिति : कात्तिक २२, २०८० बुधबार २१:५७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया