logo-img

आममाफी प्रकरण - रेशम चौधरीको मुद्दामा सर्वोच्चले आज सुनुवाइ गर्दै
फाइल तस्बिर

गत जेठमा सरकारले माफी दिएको रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले आजबाट सुनुवाइ गर्ने भएको छ । चौधरीलाई कैद माफी मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा यसअघि सर्वोच्चले कारण माग्ने आदेश गरेको थियो । 

गत जेठ २४ मा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारलाई के कारणले माफी दिइएको हो भन्ने जवाफ माग्दै मंगलबार आदेश गरेको थियो । रिट निवेदनलाई प्राथमिकतामा राख्दै सर्वोच्च अदालतले अग्राधिकार दिने निर्णय गरे पनि मुद्दाको सुनुवाइ हुन सकेको थिएन । उक्त मुद्दाको सुनुवाइ सुरु हुने गरी पेशीमा राखिएको सर्वोच्चले जनाएको छ । 

टिकापुर घटनामा जन्मकैद सजाय पाएर २०७४ सालदेखि जेल सजाय भोगिरहेका चौधरीलाई गणतन्त्र दिवसमा सरकारले आममाफी दिएपछि उनी जेलबाट छुटेका थिए । सरकारले दिएको सजाय माफीको निर्णय विरुद्ध घटनामा पीडित परिवारले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहरालगायतले रिट निवेदन दर्ता गरेका थिए । 





  • प्रकाशित मिति : कात्तिक २३, २०८० बिहीबार ८:४३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया