जनआन्दोलनका उपलब्धि गणतन्त्र र संघीयतामा जनमत संग्रह हुँदैन : शशांक

चितवन– धर्मबारे जनमत संग्रह गर्न सरकारलाई दबाब दिनुपर्ने बताएका कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो भनाइ विवादित बनेपछि सोबारे प्रस्टीकरण दिएका छन् । बिहीबार चितवन पुगेका कोइरालाले आफूले गणतन्त्र र संघीयताबारे जनमत संग्रह गर्नुपर्ने नबताएको प्रस्ट पारेका हुन् ।  

भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै कोइरालाले गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि भएकाले जनमत संग्रह हुन नसक्ने बताए । उनले भने, ‘गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि हो । यसमा जनमत संग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन ।’

उनले हिन्दू राज्यबारे भने जनमत संग्रह गर्न उपयुक्त हुने बताउँदै यसका लागि जनताले सरकारलाई दबाब दिनुपर्ने दोहोर्याए ।

कोइरालाले सरकारले नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु गलत भएको भन्दै वार्ता र सम्वादको माध्यमबाट समस्याको सामाधान खोज्नुपर्नेमा जोड दिए ।





  • प्रकाशित मिति : चैत ७, २०७५ बिहीबार १७:२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया