logo-img

अभिनेत्री दिपाशा बिसीको निधन

अभिनेत्री दिपाशा बिसीको बिहीबार निधन भएको छ । स्वास्थ्यमा समस्या भएपछि नर्भिक अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

२८ वर्षीया अभिनेत्री बिसी स्वास्थ्यमा समस्या भएपछि बुधबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी थिइन् । तर, बिहीबार दिउँसो अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

२०६८ सालमा फिल्म ‘दुलही रानी’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । 



उनी ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा परिचित थिइन् । 





  • प्रकाशित मिति : कात्तिक २३, २०८० बिहीबार १६:३८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया