logo-img

न्युजिल्याण्डसँग श्रीलंका पाँच विकेटले पराजित

एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ । श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य न्युजिल्याण्डले २३ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो । 

उसका लागि देवन कनवेले ४५, ड्यारेल मिचेलले ४३ र रचिन रविन्द्रले ४२ रन बनाए । श्रीलंकाका एन्जेलो म्याथुजले दुई विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७१ रन बनायो । उसका लागि कुशल परेराले सर्वाधिक ५१ र महिश थीकशनाले नटआउट ३८ रन बनाए ।



न्युजिल्याण्डका ट्रेन्ट बोल्टले तीन, लकी फर्गुसन, रचिन रविन्द्र र मिचेल स्यान्टनरले समान २र२ विकेट लिए । आजको जितसँगै न्युजिल्याण्डको ९ खेलमा १० अंक भएको छ । ८–८ खेल खेलेका पाकिस्तान र अफगानिस्तानको  ८–८ अंक छ ।

अब सेमिफाइनलमा पुग्न पाकिस्तान र अफगानिस्तानले आफ्ना प्रतिस्पर्धीलाई ठूलो अन्तरले हराउनुपर्छ । तर, यो असम्भवजस्तै देखिन्छ । पाकिस्तानले इंग्ल्याण्डसँग र अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ । 

किनकि न्युजिल्याण्डको रनरेट निकै बलियो छ । आजको पराजयसँगै श्रीलंकाको च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कम भएको छ ।  भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया सेमिफाइनलमा पुगिसकेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २३, २०८० बिहीबार २०:५३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया