logo-img

विश्वकप छनोटमा खेल्ने खेलाडी छनोट

फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत सयुंक्त अरब इमिरेट्स (युएई)विरुद्धको खेलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय पुरुष टोलीको घोषणा भएको छ ।
    
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।अभ्यासका क्रममा घाइते भएका टोलीका अनुभवी डिफेन्डर अनन्त तामाङलाई भने टोलीमा समावेश गरिएको छैन । 

नेपालले कात्तिक ३० गते यूएईसँग उसैको घरेलु मैदानमा खेल्नेछ । त्यसपछि नेपालले आगामी मङ्सिर ५ गते दशरथ रंगशालामा यमनसँग खेल्नेछ । विश्वकप एसिया छनोटको दोस्रो चरणको समूह ‘एच’ मा रहेको नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् ।

पहिलो चरणमा नेपालले लाओलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो । युएईसँग खेल्ने नेपाली टोलीमा किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट र छिरिङ लामा छन् । 



यसैगरी, समूहमा योगेश गुरुङ, लकेन लिम्बु, उत्सव राई, क्रितिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदाम्बे, निशान हमाल, अञ्जन विष्ट, आयुष घलान, जिलेस्पीजङ् कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट र राजेश परियारलाई नेपाली टोलीमा समावेश गरिएको छ ।  





  • प्रकाशित मिति : कात्तिक २४, २०८० शुक्रबार १८:५३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया