logo-img

मानव अधिकार तथा शान्ति समाजद्वारा विभिन्न १६ वटा पुरस्कार प्रदान

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती अवसरमा मानवअधिकार तथा शान्ति समाजद्वारा स्थापित कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिएको छ । यसै अवसरमा १५ वटा स्रष्टा सम्मान पुरस्कार पनि प्रदान गरिएको छ । काठमाडौं र दाङमा आयोजित कार्यक्रममा ती पुरस्कार प्रदान गरिएको हो ।

शुक्रबार काठमाडौमा एक लाख १० हजार राशिको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार मिठाईदेबी विश्वकर्मालाई प्रदान गरियो । उच्च अदालतका पूर्वमुख्यन्यायाधीश शेषराज शिवाकोटीले उक्त पुरस्कार हस्तान्तरण गरेका थिए ।

यसैगरी, अग्रज स्रष्टा राजेन्द्र विमललाई शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले वर्ष २०८० को चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान अर्पण प्रदान गरे ।



कार्यक्रममा स्व. राजेश्वर नेपालीलाई प्रदान गरिएको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान उनका सुपुत्र जनप्रतिनिधि राघवेन्द्र साहले ग्रहण गरेका थिए ।

यस्तै, डा. रामप्रसाद ज्ञवालीलाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान, सुलोचना मानन्धरलाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, डा. कृष्णराज चौधरी सर्वहारीलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान, प्रा.डा. सावित्री कक्षपतिलाई पवित्रादेवी चौलागाई मानवअधिकार स्रष्टा सम्मान प्रदान गरियो ।

यसैगरी, प्रा. नवराज पाण्डेयलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, मुकुन्द आचार्यलाई जोगमाया बराल स्रष्टा सौगात, बाजुराम पौडेललाई भूमिप्रसाद बराल स्रष्टा सौगात, कमलादेवी हेमचुरीलाई जनककुमारी रेग्मी स्रष्टा सौगात, लीला रानालाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात प्रदान गरिएको थियो ।



सोही अवसरमा मधुराज केरुङलाई राधादेवी दाहाल स्रष्टा सौगात, हंसावती कुर्मीलाई पद्मप्रसाद दाहाल स्रष्टा सौगात पुरस्कारद्वारा सम्मानित गरिएको थियो । श्रीनारायण दाहाल स्रष्टा सौगातद्वारा सम्मानित मधु शाही बस्नेत हुम्लामा रहेकाले उनका नातेदारले पुरस्कार ग्रहण गरेका थिए ।

ती पुरस्कार स्रष्टा अशेष मल्ल, शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौँलागाई, संस्थापक महासचिव सुवास ढकाल, वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, सचिव रामप्रसाद जोशी र चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, पूर्वकोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य नम्रता खरेल र रामबाबु दाहालले हस्तान्तरण गरेका थिए ।



सबै पुरस्कारको राशि समान २० हजार रुपैयाँ छ ।

कार्यक्रममा समसामयिक विषयमा स्रष्टा अर्जुन पराजुलीले र महाकवि देवकोटाप्रति श्रद्धासुमनसहित स्रष्टा रत्ननीधि रेग्मीले कविता प्रस्तुत गरेका थिए ।

समाजका उपसभापति राजेन्द्र पौडेल, महासचिव रेनुका पौडेल र सचिवहरू लक्ष्मीनारायण मिश्र र प्रकाश शाहीले स्रष्टा सम्मान पुरस्कारलगायत सम्मानित व्यक्तित्वहरूको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा सम्मानित स्रष्टाहरुले आफ्नो रचना र मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सभापतित्व समाजका सभापति रामकृष्ण बरालले गरेका थिए ।

यसैगरी, दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा स्रष्टा मधु हमाललाई वर्ष २०८० को गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात पुरस्कार प्रदान गरियो । उक्त पुरस्कार उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचनले हस्तान्तरण गरेका थिए ।

शाखा सभापति कोमल डिसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका निवर्तमान केन्द्रीय वरिष्ठ उपसभापति एवं पुरस्कार छनौट समितिका सदस्य सुशील बस्नेत र सचिव निर्मल नेपालीले कार्यक्रमबारे प्रकाश परेका थिए । कार्यक्रममा नौजना स्रष्टाले रचना प्रस्तुत गरेका थिए ।
 

  • प्रकाशित मिति : कात्तिक २४, २०८० शुक्रबार २२:१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया