logo-img

बंगलादेशले अष्ट्रेलियालाई दियो ३०७ रनको लक्ष्य

एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अष्ट्रेलियालाई जितका लागि ३०७ रनको लक्ष्य दिएको छ।

महाराष्ट्र क्रिकेट एशोसिएशन पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले पूरा ओभर खेलेर ८ विकेटको क्षतिमा ३०६ रन बनाएको हो।

बंगलादेशका टोहिड हृडोयले सर्वाधिक ७४ रन बनाए। उनले ७९ बलमा ५ चौका र २ छक्का प्रहार गरे।



कप्तान नजमुल हुसैन शान्टोले ५७ बलमा ६ चौका हान्दै ४५ रन बनाए। त्यस्तै तान्जिड हसनले ३६, लिटोन दासले ३६, महमुदुल्लाहले ३२, मुस्फिकर रहिमले २१ र मेहदी हसन मिराजले २९ रन बनाए।

बलिङतर्फ सिन एब्बोट र एडम जम्पाले २र२ विकेट लिँदा मार्कस स्टोइनिसले १ विकेट लिए।





  • प्रकाशित मिति : कात्तिक २५, २०८० शनिबार १६:३७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया