logo-img

पाकिस्तानलाई इंग्ल्याण्डले दियो ३३८ रनको लक्ष्य

जारी आइसीसी क्रिकेट विश्वकपअन्तर्गत शनिबारको खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई ३३८ रनको लक्ष्य दिएको छ ।

समूह चरणको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै ३३७ रन बनाएको हो ।

इंग्ल्याण्डका लागि बेन स्टोकले सर्वाधिक ८४ रन बनाएका थिए भने जो रुटले ६०, जोनी बैरस्ट्रोवले ५९, डेविड मलानले ३१, ह्यारी ब्रूकले ३०, कप्तान जोस बटलरले २७ र डेभिड विलीले १५ रन बनाएका थिए ।



त्यसैगरी, पाकिस्तानका बलर हारिस राउफले ३ विकेट लिए भने शाहिन शाह अफ्रिदी र मोहमद वासिमले २–२ विकेट तथा इफ्तिखार अहमदले एक विकेट लिएका थिए ।

पाकिस्तानलाई सेमिफाइनलमा स्थान बनाउन भने ६.४ ओभरमा यो लक्ष्य पूरा गर्नुपर्ने अवस्था भएको छ, जुन असम्भव देखिन्छ ।





  • प्रकाशित मिति : कात्तिक २५, २०८० शनिबार १९:६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया