logo-img

बंगलादेशमाथि अष्ट्रेलियाको सहज जित

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले बंगलादेशमाथि सहज जित निकालेको छ।

महाराष्ट्र क्रिकेट स्टेडियममा बंगलादेशले दिएको ३०७ रनको लक्ष्य अष्ट्रेलियाले ४४.४ ओभर खेल्दै मात्रै २ विकेटको क्षतिमा भेट्टाएको हो।

बंगलादेशमाथि सहज जित निकाल्न अष्ट्रेलियाका मिचेल मार्स र स्टेभन स्मिथले उत्कृष्ठ साझेदारी निभाए। मिचेल मार्सले १३२ बलमा १७ चौका र ९ छक्का प्रहार गरी नटआउट १७७ रनको बनाए।



स्मिथले ६४ बलमा ४ चौका र १ छक्का प्रहार गरी नटआउट ६३ रन जोडे।

त्यसअघि डेभिड वार्नरले अर्धशतकीय पारी खेले। उनले ६१ बलमा ६ चौका प्रहार गरी ५३ रनको योगदान गरे। ट्राभिस हेड भने १० रन बनाएर आउट भएका थिए।

बलिङतर्फ बंगलादेशका टास्किन अहमद र मुस्ताफिजुर रहमानले एक/एक विकेट लिए।



टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले पूरा ओभर खेलेर ८ विकेटको क्षतिमा ३०६ रन बनाएको थियो।

बंगलादेशका टोहिड हृडोयले सर्वाधिक ७४ रन बनाए। उनले ७९ बलमा ५ चौका र २ छक्का प्रहार गरे।



कप्तान नजमुल हुसैन शान्टोले ५७ बलमा ६ चौका हान्दै ४५ रन बनाए। त्यस्तै तान्जिड हसनले ३६, लिटोन दासले ३६, महमुदुल्लाहले ३२, मुस्फिकर रहिमले २१ र मेहदी हसन मिराजले २९ रन बनाए।

बलिङतर्फ सिन एब्बोट र एडम जम्पाले २/२ विकेट लिँदा मार्कस स्टोइनिसले १ विकेट लिए।

९ खेलमा ६ खेल जितेको अष्ट्रेलिया लिग तालिकाको तेस्रो स्थानमा छ भने बंगलादेश ८ खेलमा ७ हार ब्यहोर्दै आठौं स्थानमा छ।

लिग चरणबाट शीर्ष ४ टोली सेमिफाइनल खेल्नेछ।

  • प्रकाशित मिति : कात्तिक २५, २०८० शनिबार १९:३५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया