logo-img

लक्ष्मी पूजाको साँझ जानकी मन्दिरमा ३५ हजार दीप प्रज्वलन

लक्ष्मी पूजाको अवसरमा आइतबार हिजो जनकपुरधामको जानकी मन्दिरमा ३५ हजार दीप प्रज्वलन गरिएको छ । दीपावलीको उपलक्ष्यमा ३५ हजार दीप प्रज्वलन गरिएको जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले जानकारी दिए । 

उनले अब प्रत्येक वर्ष यसरी नै दीपावलीमा जानकी मन्दिरमा दीप प्रज्वलन गर्ने पनि जानकारी दिए । साँझ जनकपुरधामवासी, स्थानीय युवा र श्रद्धालुहरूले भव्यताका साथ जानकी मन्दिरमा दीप प्रज्वलन गरेका छन् ।

यस्तो छ जानकी मन्दिरको इतिहास



जानकी मन्दिर पवित्र हिन्दु धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । नेपालको ख्याति प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ ।

 प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ । 

भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ, र सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो । 



मन्दिरको वार्षिक क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ । राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा राम जानकी विवाह महोत्सव, असोज पूर्णिमामा कोजाग्रत, साउन–भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसका उदाहरण हुन् । 

प्रत्येक महिनाका पूर्णिमामा हजारौं श्रद्धालु भक्तजन सहभागी हुन्छन् ।धार्मिक र सांस्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रूपमा रहेको छ जानकी धाम । ​



 

  • प्रकाशित मिति : कात्तिक २७, २०८० साेमबार १०:०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया