logo-img

राष्ट्रपति पौडेलले गरे गाई पूजा

कार्तिक कृष्ण औँसीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान गाईको पूजा गरेका  छन् । 

यमपञ्चकको तेस्रो दिन परेको गाई तिहारे औँसीमा गाईलाई देवी लक्ष्मीको प्रतीक स्वरूप विधि विधानसहित पूजा गर्ने परम्परा चलिआएको छ । राष्ट्रपति पौडेलले शीतल निवासमा गाईको पूजा गरेपछि गाईलाई भोजन गराए ।

श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाई तिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ पार गर्न सहज हुने लोक विश्वास छ। 



गाईलाई आमा सरह मानेर हिन्दुहरूले पुज्ने गर्दछन्। गाई नेपालको राष्ट्रिय जनावर पनि हो।
 





  • प्रकाशित मिति : कात्तिक २७, २०८० साेमबार १०:४४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया