नेपाल संवतलाई देशव्यापी प्रयोगमा ल्याउन मेयर साहको सरकारलाई आग्रह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले, नेपाल संवतलाई देशभरी प्रयोगमा ल्याउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् ।

वसन्तपुरमा आयोजित नेपाल संवत् ११४४ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले महानगरपालिकाले आफ्नो क्यालेन्डरमा यो संवतलाई प्रचलनमा ल्याएको भन्दै देशव्यापी रुपमा पनि प्रयोगमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

‘काठमाडौं महानगरपालिकाले चाहिँ यो संवत्लाई अफिसियल रुपमा हाम्रो नोटिसहरुमा हाम्रो कागजातमै प्रयोग गर्ने गरेकोले यो राष्ट्रिय रुपमा देशभरि नै यो संवतलाई प्रयोग गरिदिनुहुन पनि अनुरोध गर्दछु,’ उनले भने, ‘अर्को वर्षसम्म आइपुग्दा नेपाल संवत राष्ट्रिय रुपमै प्रयोग हुनेछ आशा राखेको छु ।’





  • प्रकाशित मिति : कात्तिक २८, २०८० मंगलबार १७:३०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया