logo-img

विश्वकप फाइनल यात्रा : दक्षिण अफ्रिकाको अस्ट्रेलियालाई २ सय १३ रनको लक्ष्य

आइसिसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई दुई सय १३ रनको मध्यम लक्ष्य दिएको छ ।

इडेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका ४९.४ ओभरमा दुई सय १२ रनमा अलआउट भयो ।

मध्यक्रमका ब्याटर डेविडमिलरको शतकमा दक्षिण अफ्रिकाले सम्मानजनक योगफल तयार गरेको हो । 

मिलरबाहेक अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । हेनरिक क्लासेनले ४८ बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा आउट भए ।

एक समय २४–४ को अवस्थामा पुगेको टोलीलाई मिलर र क्लासेनले पाँचौँ विकेटका लागि ९५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए ।

मिचेल स्टार्कको पहिलो ओभरको अन्तिम बलमा कप्तान टेम्भा बभुमा शून्यमा विकेटकिपर जोश इंग्लिसबाट क्याच आउट भए ।



यस विश्वकपमा चार शतक हानेका क्विन्टन डी कक ३ रनमा क्याच आउट भए । स्टार्कको ११औँ ओभरको पाँचौँ बलमा एडेन माक्ररम १० रनमा डेविड वार्नरबाट क्याचआउट भए । 

अष्ट्रेलियाका प्याट कमिन्सले ३ विकेट लिए । ट्रविस हेडले ५ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुडले ८ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर २ विकेट लिए ।



यस खेलको विजेताले उपाधिको लागि आइतबार भारतसँग खेल्नेछ ।

  • प्रकाशित मिति : कात्तिक ३०, २०८० बिहीबार १९:७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया