logo-img

उपाध्याय, थापा र पाण्डेलाई त्रिमूर्ति पुरस्कार

त्रिमूर्ति निकेतनले छ दशकदेखि नेपाली भाषासाहित्यका श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्द कविताको रचना एवं प्रचार अभियानमा योगदान गर्ने प्रा. मुकुन्दशरण उपाध्यायलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
    
निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा आज बसेको बैठकले  माधवप्रसाद घिमिरेकृत ‘मालती मंगले’ नाटकमा मंगलेको भूमिकाका अतिरिक्त दर्जनौँ नाटकमा अभिनय गर्ने हरिबहादुर थापालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । 
    
त्यसैगरी नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि छ दशकअघिदेखि काव्यसाधनामा समर्पित रहँदै नेपाली कविताको सम्वर्द्धनमा योगदान गर्नाका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशनमा ल्याउने विराटनगर निवासी जय पाण्डेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । 

तीनै पुरस्कारका राशि जनही एक लाख र ताम्रपत्र रहेको जनाइएको छ ।







  • प्रकाशित मिति : मंसिर १, २०८० शुक्रबार १७:४८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया