logo-img

देशको खराब अवस्थाका कारण नेपाली विदेसिने क्रम बढ्यो : चन्द्र भण्डारी

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले निकै दुःख र परिश्रमले ल्याएको संविधान कार्यान्वयन गर्न नसकिएको गुनासो गरेका छन् । 

शुक्रबार रूपन्देहीको तिलोत्तमामा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन महोत्सवको उद्‌घाटन गर्दै कांग्रेस केन्द्रीय सदस्य भण्डारीले संघर्ष गरेर ल्याएको संविधान कार्यान्वयनमा समस्या देखापरेको बताए । 

जनताको पहुँच सरकारसम्म पुर्‍याउन बनाइएको संयन्त्रले धान्न सक्छ वा सक्दैन त्यसमा ध्यान पुर्‍याउन नसक्दा संविधान कार्यान्वयनमा समस्या आइरहेको उनको भनाइ थियो ।

अहिलेको अवस्थाले कर्मचारी तन्त्र, सुरक्षा निकाय, तीन तहका जनप्रतिनिधिलाई तलब खुवाउन नसक्ने अवस्था रहेको भण्डारीले बताए । राष्ट्रिय कोष र करले अहिलेको अवस्था धान्न नसकिरहेको उनले औँल्याए । 

देशको यही अवस्थाका कारणले नेपाली विदेसिने क्रम बढेको बताउँदै उनले यसलाई रोक्न आवश्यक रहेकोमा जोड दिए ।





  • प्रकाशित मिति : मंसिर १, २०८० शुक्रबार २१:१५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया