logo-img

टिकटकलाई पत्र पठाउँदै प्रधिकरणले भन्यो– सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकले पठाएको पत्रको जवाफ फर्काएको छ । पत्रमा प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ ।

सरकारले २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाएलगतै दूरसञ्चार प्राधिकरणले टिकटकलाई पत्र लेखेर सरकारको निर्णयबारे जानकारी गराएको थियो ।

टिकटकले दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेर टिकटक बन्द गर्ने निर्णय आश्चर्यजनक लागेको बताएको थियो । नेपालको सरकारी संयन्त्रसँग मिलेर काम गरिरहेको टिकटकले पत्रमा उल्लेख गरेको थियो । 

प्राधिकरणले शुक्रबार टिकटकलाई अर्को पत्र पठाएर सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको र त्यसलाई कार्यान्वयन गर्न सहयोग गर्न आग्रह गरेको हो । 

प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले पत्र पठाउँदै सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका हुन् । 

प्रधिकरणले शुक्रबार नै सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि निर्देशक विजयकुमार रायको नेतृत्वमा प्राविधिक समितिसमेत गठन गरेको छ । 





  • प्रकाशित मिति : मंसिर १, २०८० शुक्रबार २१:१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया