logo-img

युक्रेनविरुद्धको बराबरीसँगै इटाली युरोकपमा छनोट
फाइल तस्बिर

साबिक विजेता इटाली आउँदो वर्ष जर्मनीमा हुने युरोकपमा छनोट भएको छ । समूह ‘जी’ अन्तर्गत गए राति भएको खेलमा युक्रेनसँग गोलरहित बराबरी खेलेपछि इटाली युरोकपमा छनोट भएको हो ।  

युक्रेनसँग समान १४ अंक जोडेको इटाली समूह ‘सी’ को समूह उपविजेता बन्दै युरोकपमा छनोट भयो ।

युक्रेनले अब प्लेअफको सहारा लिनुपर्नेछ ।  यसअघि घरेलु मैदानमा भएको खेलमा इटाली २–१ ले विजयी भएकोले समान अंक भए पनि इटाली हेड टु हेडमा अघि रह्यो ।

समूह ‘सी’ बाट इंग्ल्याण्ड यसअघि नै समूह विजेता बन्दै युरोकपमा छनोट भइसकेको छ । 





  • प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार ८:९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया