logo-img

कैलालीमा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, १७ जना घाइते

कैलालीमा भएको मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिका–४ मा सोमबार साँझ से१ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा डोटीको जोरायल गाउँपालिका–२ की ५८ वर्षीया शोभा बिकको मृत्यु भएको हो ।

बिकको घटनास्थलमै मृत्यु भएको र ट्रकमा सवार अन्य १७ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।



घाइते सबै डोटीको जोरायल गाउँपालिका क्षेत्रका रहेको प्रहरीले जनाएको छ । घाइतेको धनगढीको सेती प्रादेशिक अस्पताल, माया मेट्रो अस्पताल र अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार ८:५०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया