logo-img

ललितपुरमा पनि ६ महिनाका लागि निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि विभिन्न स्थान तोकेर निषेधाज्ञा जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले निषेधाज्ञा आदेश जारी गरेका हुन् । 

ललितपुर महानगरपालिका ३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासकोको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निषेधाज्ञा तोकिएको प्रजिअ पण्डितको भनाइ छ ।

उनले आजैदेखि लागू हुने गरी ६ महिनासम्मका लागि पाँचजना भन्दा बढी भेला हुन नपाइने, नारा जुलुस, प्रदर्शन र घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी गरेका हुन् । 



यस्तो छ विज्ञप्ति 





  • प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार १७:२२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया